०९ बैशाख २०८३ , बुधबार

रारा कि अप्सरा ? (फोटो फिचर) रारा ताल र कर्णाली प्रदेशका मनोरम दृष्यहरु

१८, जेठ २०७५ बागमती न्युज ।

रारा नेपालको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो ।

सुन्दर रारा ताल फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको अनुपम उपहारको रूपमा श्रृजित छ । राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ ।

फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनुको साथै अन्यत्र कहीं नपाइने (असला) जातको माछा पाइन्छ। रारा ताल र कर्णाली प्रदेशका केही तस्बिरहरु ।

फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
रारा तालमा पर्यढकको उपस्थिति बढ्दै फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
रुख चढिरहेको बाख्रा
फोटो: प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो : प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।
फोटो : प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

झरना
फोटो : प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

फोटो : प्रवेश ढुंगाना, बागमती न्युज डट कम ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *