जेठ २१, काठमाडौँ । म्याग्दीकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी २६ वर्षीया कल्पना पुन १० वर्षीय छोरा रोहित र ७ वर्षीय हेमन्तसहित दरवाङबाट सम्पर्कविहीन भएकी हुन् ।

विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको परिवारका सदस्य, आफन्त, माइती पक्षले खोजीकार्य गरिरहेको जेठाजु हीरा पुनले जानकारी दिए । ‘आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीलाइ्र्र सहयोग मागेका छौँ’ पुनले भने ।
परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि काठमाडौँ जाने बसमा चढे पनि बेनीमै ओर्लिएको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन् ।
कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीका लागि यूएईमा छन् ।








