०६ बैशाख २०८३ , आइतबार

पुराना लोकभाकाको चोरी बढ्दो

जेठ २१, काठमाडौँ । पुराना लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ ।

 

पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायकरगायिका तथा सङ्गीतकार लागिरहेको आरोप समेत लागेको छ । अर्काको सिर्जना बिगारी थपघट गरी अनुमति विना आफ्नै जसरी प्रचारप्रसार गर्ने काम गर्न नपाइने व्यवस्था प्रतिलिपी अधिकार ऐन, २०५९ मा गरिए पनि यसको बेवास्ता गर्दै चोरी बढेको हो ।

 

एउटा लोकभाकालाई दोहोरो रूपमा समेत चोरी गरिएको पाइएको छ । कुरो यतिमा मात्र सीमित छैन, आफूले एउटाको गीत चोरी गरेर गाएका गायकले पुरानै बोलको गीत अर्को गायकले गाउँदा आफ्नो भन्दै दावीसमेत परेको छ ।

 

यसरी गाइएका गीतहरूका दर्शक भने सामाजिक सञ्जालमा बढ्दो छन् । जसले आम्दानीको श्रोत समेत जगाएको छ ।

 

पछिल्लो समय चलेका नेपाली गीतका युट्युवमा दुई÷चार करोडसम्म भ्युज हुन थालेका छन् । युट्युबले गर्दा स्वदेशमा मात्र नभएर विदेशमा पनि नेपाली गीत/सङ्गीत हेर्न सहज भएको छ । यही आम्दानीले पुराना स्रष्टालाई पनि केही हदसम्म जगाए पनि उजुरी गर्ने क्रम भने बढेको खबर आजको गोरखापत्रमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *