जेठ २४, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि बजेट छुट्याएको छ । बाँदर बाली सखाप पारेको गुनासो अत्यधिक भएपछि दोस्रो गाउँसभाले मंगलबार ३० लाखको योजना पारित गरेको हो ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाले जनाएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
बाँदर नियन्त्रणका लागि गाउँकै युवालाई तालिम दिने त्यसपछि बाँदर समात्ने जागिरमा लगाउने योजना गाउँपालिकाको छ ।








