०३ बैशाख २०८३ , बिहिबार

उपत्यकामा पुनःनिर्माणको काम निकै सुस्त

जेठ २४, काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पपछिको पुनः निर्माण निकै सुस्ताएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चालु आर्थिक वर्षको असार मसान्तसम्म भूकम्पपीडितमध्ये ६० प्रतिशतको निजी आवास निर्माण सम्पन्न हुने दाबी गरिरहे पनि काठमाडौँ उपत्यकामा भने प्रगति निकै सुस्त भएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

 

प्राधिकरणको तथ्याङ्कअनुसार अति प्रभावित भनिएका १४ जिल्लामध्ये पर्ने काठमाडौँ जिल्लाका ११ स्थानीय निकायमा ४५ हजार आठ सय लाभग्राहीमध्ये १३ प्रतिशत अर्थात् पाँच हजार ८ सय ३० लाभग्राहीसँग अझै अनुदान सम्झौता नै हुन सकेको छैन । काठमाडौँ महानगरपालिका र तारकेश्वर नगपालिकामा एक हजार भन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता हुन नसकेको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *