०४ चैत २०८२ , बुधबार

शंखरापुरको मेयरमा सुवर्ण श्रेष्ठ विजयी

 


काठमाडौं, ३ जेठ, शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले नेपाली काँग्रेसका शंकर तिवारीलाई करिब १५ सय मतको अन्तरले पराजित गर्दै नगरप्रमुखमा आसिन भएका हुन । शंखरापुरमा उप प्रमुखमा एमालेर्क शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी छन् । उनले पनि काँग्रेसकी मन्जु खड्कालाई हराएर उपप्रमुख बन्न सफल भएकी हुन । शंखरापुरमा वडा नम्बर १, २, ५, ८ र ९ मा एमालेको पोल्टामा गएको छ ।
नगर प्रमुखमा विजयी इन्द्रायणीका बासिन्दा हुन् । २०३६ सालदेखि राजनीतिमा सक्रिय श्रेष्ठ २०५४ को स्थानीय चुनावमा  एमालेबाट गाविस अध्यक्ष समेत भएका थिए । एमाले काठमाडौ क्षेत्र नम्बर २ को अध्यक्ष समेत रहेका श्रेष्ठ राजनीतिसँगै सामाजिक कार्यमा पनि क्रियाशील सक्रिय हुँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *