०३ बैशाख २०८३ , बिहिबार

सय रुपैयाँकै कारण हत्या !

जेठ २५, कलैया । कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका मैनजरले सय रुपैयाँ तिर्न नसक्दा ज्यान गुमाउनु परेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

अहिलेको समयमा एक सय रुपयाँले ठुलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा उनको ज्यान गएको हो ।

 

स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका उनले यसबापत मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

 

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । पैसा तिरेरै जा भनी मख्खनले जबरजस्ति गरेपछि मैनेजरसँग विवाद भएको स्थानीयले बताएका छन् ।

 

विवादकै क्रममा मख्खनका २० वर्षीया छोरा दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *