जेठ २६, काठमाडौँ । मानव तस्करले अमेरिका लैजाने भन्दै अलग बाटो र उपायबाट २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पु¥याइएका २३ नेपालीलाई बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेको खबर आजको कान्तिपुर दैनिकमा छ ।
रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ ।
‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौँ आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राऊ गरिएको थाहा पाएको छु’, रवीन्द्रले भने ।








