काठमाडौं, ४ जेठ – सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने भएको छ । मन्त्रिपरिषदको विहीवारको बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार संसदमा जेठ ८ देखि बजेट बारेमा छलफल हुनेछ । यसैबीच संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।







