जेठ २६, काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थिति गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

पाँच दिनदेखि कृत्रिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरूको भनाई छ ।
देवकोटा छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि वैशाखको दोस्रो साता नेपाल फर्किएर आफ्नै अस्पताल बाँसबारी न्युरो अस्पतालमा उपचार गराइरहेका छन् । यो खबर नागरिक दैनिकको अनलाइन संस्करणमा छ ।








