जेठ ३०, काठमाडौँ । नेकपाले ‘मदन भण्डारी एसियन स्कुल अफ माक्सिज्म’ नामक स्कुल सञ्चालन गर्ने भएको छ । नेपालमा एसिया महादेशीय कम्युनिस्ट प्रशिक्षण स्कुल चलाउने उद्देश्यले सो स्कुल नेकपाले सञ्चालन गर्न लागेको हो ।

साम्राज्यवादविरोधी माक्र्सवादी कम्युनिस्ट पार्टीहरुले हरेक महादेशमा यस्तो स्कुल चलाउँदै आएका छन् ।
युरोपमा स्पेन, अफ्रिकामा ट्युनिसिया र जाम्बियामा यस्तो स्कुल सञ्चालन हुँदै आएको छ । एसियामा भने पहिलो पटक नेपालले तयारी थालेको खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।








