असार १, काठमाडौँ । भारत प्रशासित जम्मु कस्मिरको राजधानी श्रीनगरमा एक सम्पादकको गोली हानी हत्या भएको छ । राइजिङ कस्मिर अखबरका सम्पादक सुजात बुखारीको बिहिबार साँझ हत्या भएको हो ।
श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ ।
मोटरसाइकलमा आएको आक्रमणकारीले उनीमाथि गोली होनेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा जनाएको छ ।








