असार ६, मस्को । मंगलबार राती आयोजक रसियाले इजिप्टलाई ३–१ गोल अन्तरले हराउँदै जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम बनेको रसियाले खेलको ४८ औँ मिनेटमा इजिप्टको आत्मघाति गोलसँगै अग्रता कायम ग¥यो । त्यसपछि ५९ औँ मिनेटमा चेरिसेभ र ६२ औँ मिनेटमा ज्युबाले गरेको गोलले अग्रता तेब्बर बनाए ।
खेलको ७२ औँ मिनेटमा पेनाल्टी पाएको इजिप्टले सलाहको प्रहारबाट सान्त्वना गोल फर्काए ।








