असार ९, काठमाडौँ । यस वर्ष काठमाडौँको प्रदूषण स्तर थप २ प्रतिशत बढेको छ ।
वातावरण विभागका सूचना अधिकारी शंकर पोडेललाई नयाँ पत्रिका दैनिकले उद्धृत गर्दै यो खबर लेखेको छ– गत शनिबारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो वर्षको तुलनामा दोब्बर बढी प्रदूषण भएको छ ।
गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो । थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा भने रोकिएको छैन ।








