०४ बैशाख २०८३ , शुक्रबार

फेरि छाउगोठमै फर्किए महिला

असार १२, सुर्खेत । आजको नागरिक दैनिकले महिलाहरू फेरि छाउगोठमै बस्न बाध्य भएको समाचार छापेको छ ।

 

समाचार अनुसार चौकुने गाउँपालिका ६ भावरकी अनीता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् । तीन बर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुअघि भन्ने राम्रोसँग जानकारी छ । तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् ।

 

‘छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ’, उनले भनिन्, ‘खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।’

 

भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या अहिले ९० को हाराहारीमा छ ।

 

२०७१ सालमा गुठुका एक सय ९३ सामूहिक तथा व्यक्तिगत छाउगोठ भत्काइ सोही वर्ष चैत १० गते तत्कालीन गाविसस्तरीय छाउपडी उन्मूलन समितिको सहकार्यमा वातावरण सुधार समाजले गुठुलाई छाउपडीमुक्त घोषणा गरे पनि फेरि महिलाहरू छाउ गोठमा बस्न बाध्य भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *