०४ बैशाख २०८३ , शुक्रबार

मृगस्थलीमा तीर्थालु बाहेकलाई प्रवेश निशेध

असार १३, काठमाडौँ । पशुपति क्षेत्र स्थित श्लेषमान्तक वन र मृगस्थलीमा व्यायाम गर्न, योग गर्न र व्याडमिन्टन खेल्न प्रतिवन्ध गरिएको छ । यहाँ आगन्तुकले आफूखुशी बनाएका कोर्टमा अहिले वृक्षरोपण गरिएको समाचार आजको गोरखापत्रमा छ ।

 

खेल र व्यायामले यहाँका सम्पदालाई असर गरेको र तिर्थालु बाहेकका अनावश्यक मानिसको जमघट हुने गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले खेल्न, व्यायाम गर्न र यसै रल्लिन प्रतिबन्ध लगाएको हो ।

 

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत डम्बरबहादुर कार्कीका अनुसार श्लेषमान्तक वनलाई संरक्षण गर्न र भइरहेको भूक्षयलाई नियन्त्रण गर्न वृक्षरोपण भइरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *