असार १३, काठमाडौँ । संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले इमानदारीताका साथ योगदान गरिरहेको भन्दै प्रशंसा गरेको छ ।
द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लागि नेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौतीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएका छन् ।
नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा द्वन्द्वग्रस्त मुलुकको संकट निवारण गर्न राष्ट्रसंघलाई आवश्यक परेको फौज खटाएर नेपालले महत्त्वपूर्ण योगदान पुर्याएको समाचार कारोबार दैनिकमा छ ।








