असार १५, काठमाडौँ । उपत्यकामा तोकिएको ठाउँमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन नपाउने भएको छ । कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार शान्तिपूर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ ।
गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।
विरोध प्रदर्शन गर्न पाउने स्थलहरू
काठमाडौँ – खुलामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरन फुटबल मैदान, लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान, गौशालाको सिफल चौर, भूईखेल, भगवानपाउ
ललितपुर— च्यासल खेल मैदान, बज्रबाराही मन्दिर अघिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैसेपाटी च्यासीकोटको खुला स्थान, लुभु ससमुच लामाटार, धोबीघाट मुहान पोखरीको छेउ
भक्तपुर— सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा








