०४ बैशाख २०८३ , शुक्रबार

नेपाल-भारत प्रबुद्ध समूहले तयार पार्‍यो साझा प्रतिवेदन, दुवै देशका प्रधानमन्त्रीलाई बुझाएपछि मात्र विषयवस्तु बाहिर आउने

असार १६ , काठमाडौँ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले साझा प्रतिवेदन तयार पार्न सफल भएको छ । तर प्रतिवेदनमा केके उल्लेख भएका छन् भन्ने विषयवस्तु दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि मात्र बाहिर आउने जनाइएको छ ।

 

१९५० को पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको शनिबार सम्पन्न अन्तिम बैठकले प्रतिवेदनमा सहमति जुटाएको हो ।

 

अब दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने सदस्य निलाम्बर आचार्यले जानकारी दिए । उनले भने, ‘ईजीपीको काम सफलतापूर्वक सम्पन्न भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *