०५ चैत २०८२ , बिहिबार

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा विदेशी खोप परीक्षण

असार १९, काठमाडौँ । सर्वोच्च अदालतको आदेशविपरीत कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा रोटा भाईरलविरुद्धको अमेरिकी खोप परीक्षण भईरहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुई वर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गर्दै आएको छ ।

 

तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन ।

 

कानुनतः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्त्वपूर्ण औषधिको परीक्षण गर्न पाईन्छ । तर परीक्षणबारे अस्पताल निर्देशक र विभागीय प्रमुख नै अनभिज्ञ छन् ।

 

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले आफूले परीक्षणको हल्ला मात्र सुनेको बताउँछन् । उनले आफूलाई औपचारिक रूपमा जानकारी नभएको र पूर्ण जानकारी पूर्व निर्देशक डा. अजित रायमाझीसँग भएकाले उनीसँगै सोध्न पत्रकारलाई भनेका छन् । उनले भने, ‘मैले त हल्ला सुनेको मात्रै हो । कति बालबालिकामा परीक्षण गरे, कस्तो परिणाम आयो भन्नेबारे रायमाझीसँगै बुझ्नू ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *