०५ चैत २०८२ , बिहिबार

सुनसरीमा भारतीय जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४ जना घाइते

असार १९, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् भने ४ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना भएको हो ।

 

मृतकमध्ये भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमारको मात्रै सनाखत हुन सकेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

 

स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *