०५ चैत २०८२ , बिहिबार

क्षेत्रीय कार्यालयहरु खारेज हुने प्रक्रिया अन्तिम चरणमा

असार २०, काठमाडौँ । नयाँ प्रादेशिक संरचनाअनुसार क्षेत्रीय कार्यालयहरू खारेज गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कार्यालय खारेज गरेर प्रादेशिक कार्यालयमा रुपान्तरण गर्ने कार्य अघि बढाएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । हाल ती कार्यालयहरूमा विभाग अन्तर्गत रहेका निर्देशनालयहरु राखिएको छन् ।

 

मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालयहरु यथावत् रहेका छन् । प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *