०५ चैत २०८२ , बिहिबार

विश्वकप फुटबल : क्वाटरफाइनल समीकरण पूरा, को को कहिले भिड्दैछन् हेर्नुहोस् खेल तालिका

असार २०, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल (अन्तिम ८) को समीकरण पूरा भएको छ । मंगलबार राती भएका खेलमा स्वीडेनले स्विजरल्यान्डलाई १–० र इङ्ग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेसँगै अन्तिम ८ मा पुग्ने सबै टिमको टुङ्गो लागेको हो ।

 

क्वाटरफाइनलको खेल शुक्रबार उरुग्वे र फ्रान्सबीच ७ : ४५ मा सुरु हुनेछ । सोही दिन ११ : ४५ मा ब्राजिल र बेल्जियमबीच पनि भिडन्त हुनेछ ।

 

क्वाटरफाइनलका अन्य खेल इङ्ग्ल्यान्ड र स्वीडेनबीच शनिबार ७ : ४५ बजे साथै आयोजक रुस र क्रोएसियाबीच ११ : ४५ मा हुनेछन् ।

यी सेमिफाइनलमा जाने टोलीको टुङ्गो लाग्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *