०५ चैत २०८२ , बिहिबार

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले सडक अवरुद्ध, खुल्न समय लाग्ने

असार २०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा अन्दाजी ५० मिटर लामो पहिरो खसेसँगै बिहानैदेखि सवारी अवागमन अवरुद्ध भएको छ ।

 

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

 

चितवन जिल्ला प्रहरीका अनुसार करिब ५ : ३० बजे खसेको पहिरो अझै सिमसिम पानीसँगै रोकिएको छैन । जसका कारण पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *