०५ चैत २०८२ , बिहिबार

प्रदेश ४ को नाम गण्डकी राखिने लगभग निश्चित

असार २१, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको छ । यससँगै प्रदेश ४ को नाम गण्डकी हुने लगभग पक्का भएको छ ।

 

नेकपाले निर्णय गरेसँगै २ जना सांसद रहेको नयाँ शक्ति बाहेक अन्य दलले गण्डकीको पक्षमा मत जाहेर गर्दै आइरहेका छन् । नेकपाले निर्णय गरेसँगै आज बिहीबार २ बजे बस्ने संसद बैठकमा नाम बारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ । छलफलपछि दुई तिहाई बहुमतले गण्डकी नाम पारित गर्ने पक्काजस्तै भएको छ ।

 

यसअघि नेकपाभित्र भने तमुवान–मगरात, गण्डकी–तमुवान वा गण्डकी भन्ने विषयमा मत विभाजन थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *