असार २१, दमक । अविरल वर्षातका कारण बाँध भत्किएपछि कमला गाउँपालिका २ क्याम्पा बजार र सुकुम्बासी बस्ती डुबानको खतरामा परेका छन् ।
स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ ।
कान्तिपुर दैनिकमा छापिएको समाचारअनुसार गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबाट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केही दिनअघि बाढीले भत्काएको हो ।








