असार २२, काठमाडौँ । विद्यार्थी भर्ना वर्ष अभियान सञ्चालन गरिए पनि काठमाडौँमै अझै ६ हजारभन्दा बढी बालबालिका (५ देखि १२ वर्ष) विद्यालय जानबाट वञ्चित भएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
संविधानअनुसार विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहे पनि जनप्रतिनिधिले चासो नलिँदा भर्ना अभियान प्रभावकारी बन्न सकेको छैन ।
काठमाडौंमा १ महानगरपालिका र १० नगरपालिका छन् । काठमाडौंमा २ सय ८२ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चालू शैक्षिक सत्रमा ८४ हजार विद्यार्थी भर्ना भएका छन् ।








