असार २२, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेलाई २–० हराउँदै फ्रान्स १२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफको ४० औँ मिनेटमा भरानेले एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले कडा सट हान्दा उरुग्वेका किपरले रोक्न सकेनन्। त्यसपछि दुबै पक्षबाट भएका कुनै पनि प्रहार गोलमा परिणत हुन नसक्दा फ्रान्स २–० ले विजयी भयो ।
विश्वकपमा यो उरुग्वेमाथि फ्रान्सको पहिलो जित हो।







