
काठमाडौ , १० जेठ – नेपाली काँग्रेसले महानगर पालिकामा विजयीको खाता खोलेको छ । काँग्रेसले ललितपुर महानगरपालिमा मेयर र उपमेयरसहित विजयीको खाता खोलेको हो ।
ललितपुर महानगरको मेयरमा काँग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । उनले एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३२६ मत अन्तरले पराजित गरेका हुन् । महर्जनले २४ हजार ६ सय ४२ मत ल्याएका छन् । एमालेका ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसकी गिता सत्याल विजयी भएकी छन् । उनी साझा पार्टीकी शोभा शाक्यलाई पराजित गरेर उपमेयर बनेकी हुन् । सत्यालले १९ हजार ८ सय १९ मत ल्याएकी छन् । साझाकी शाक्यले १४ हजार २ सय ४० मत पाएकी छन् ।








