२२ साउन २०८३ , शुक्रबार

मासिक करोडौंको कोष जम्मा गर्दै नेकपा

असार २३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ ।


तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।

 

अब नेकपाले पार्टीका संगठित सदस्यहरुबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको हो ।

 

तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुने नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *