असार २४, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राती भएका खेलमा इङ्ग्ल्यान्ड र क्रोएसिया विजयी भए ।
इङ्ग्ल्यान्डले स्वीडेनलाई २–० गोलले घर फर्कायो भने रोचक भएको खेलमा रुसको यात्रा पेनाल्टी सुटआउटमा ४–३ ले पूर्णविराम लाग्यो । यससँगै यी दुई टोली २७ गते राती ११ : ४५ बजे फाइनलका लागि भिड्नेछन् । यसअघि नै फ्रान्स र बेल्जियम सेमिफाइनल पुगिसकेका छन् ।
फ्रान्स १२ वर्षपछि, बेल्जियम ३२ वर्षपछि, इंग्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हुन् ।
पहिलो सेमिफाइनल खेल फ्रान्स र बेल्जियमबीच २६ गते राती ११ : ४५ बजे हुनेछ ।
सेमिफाइनल पुगेका मध्ये फ्रान्स र इंग्ल्याण्डले एक(एक पटक विश्वकप जितिसकेका छन् । यस्तै बेल्जियम र क्रोएसियाम दुबै यसअघि फाइनलसम्म पुगेका छैनन् ।
बेल्जियम र क्रोएसिया दुवै दोस्रो पटक सेमिफाइनल पुगेका हुन् र पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छन् ।








