०४ चैत २०८२ , बुधबार

समयमा सम्पत्ति विवरण नबुझाउने २५ न्यायाधीशलाई जरिवाना

असार २४, काठमाडौँ । सरकारले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने २५ जना न्यायाधीशलाई ५ हजारका दरले जरिवाना कारबाही गरेको छ । तर कुनै पनि न्यायधीशको नाम भने सार्वजनिक गर्न नमिल्ने सरकारले बताएको छ ।

 

नेपाल समाचारपत्र दैनिकका अनुसार कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीशमाथि गरिएको यो पहिलो कारबाही भएकाले नाम सार्वजनिक नगरिएको हो । तर अब कसैलाई छुट नदिइने पनि उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *