असार २५, काठमाडौँ । आजको गोरखापत्र दैनिकमा छापिएको समाचार अनुसार बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले प्रस्ताव गरेको छ ।
चिनियाँ निर्माण कम्पनी साउथ चाइनमा ओभरसिज डेभलपमेन्ट कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिए ।
काठमाडौं उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपथको अवधारणा ल्याइएको हो ।
यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको थियो ।








