०५ चैत २०८२ , बिहिबार

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई आफ्नै नेताहरूको प्रश्न– कसले रोक्यो दुई तिहाई सरकारलाई काम गर्न ?

असार २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ ।

 

दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको हो ।

 

नेपाल समाचारपत्र दैनिकमा लेखिएको समाचार अनुसार पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणमा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए ।

 

पार्टीका नेताहरुले दुई तिहाई बहुमत भएर पनि के कारणले सरकारले काम गर्न सकिरहेको छैन भन्ने प्रश्न अगाडि सारेको बताउँदै नेकपाका एक स्थायी समितिका सदस्यले भने– ‘कसैलाई दोष दिएर पन्छिने ठाउँ पनि अब सरकारसँग छैन, दुई तिहाई बहुमत प्राप्त सरकारले पनि भनेजस्तो काम गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *