असार २५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीसम्मको लापरबाही देखिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम अगाडि बढने सकेको छैन ।
तर, विमानस्थल स्तरोन्नतिका काम अगाडि नबढाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालन सुरु गर्न निर्देशन दिएका छन् ।
विमानस्थल स्तरोन्नतिको काम गरिरहेको निर्माण कम्पनी सान्जोसेसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का रद्द गरेपनि अहिलेसम्म स्तरोन्नतिको काम अगाडि बढेको छैन ।








