असार २५, विराटनगर । तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् ।
कान्तिपुर दैनिकमा छापिएको समाचारमा भनिएको छ– क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई विद्यार्थीले थुनेका हुन् ।
अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठनले क्याम्पस प्रमुख तिम्सिनाको कार्यकक्षमा तालबन्दी गरी अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म थुनेका थिए ।








