असार २५, काठमाडौँ । सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष पु¥याउने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा ५८ वर्ष प्रस्ताव गरिएकोमा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्ने प्रस्ताव गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
अर्थले निजामती कर्मचारीले पाउँदै आएको केही सुविधा पनि कटौती गर्ने प्रःताव गरेको छ ।








