असार २५, काठमाडौँ । मुस्ताङमा गत शुक्रबार टि«पर दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख क्षतिपूर्ति दिने भएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई दुर्घटनाको जानकारी दिँदै गृहमन्त्री राम बहादुर थापाले मृतकका परिवारलाई क्षतिपूर्ति दिइने बताएका हुन् ।

मुस्ताङको घ्याकर दामोदर कुण्ड गाउँपालिका ३ मा टि«पर दुर्घटना हुँदा विरुवा कन्ट्रक्सनका कामदार सहित २० जनाको मृत्यु भएको थियो ।
त्यस्तै घाइते १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको मन्त्री थापाले सदनलाई जानकारी गराए ।








