०५ चैत २०८२ , बिहिबार

सगरमाथाको उचाइ नापिदै

साउन ५, काठमाडौँ । सरकारले सगरमाथाको उचाइ मापन गर्ने भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो ।

 

मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना रहेको समाचारमा उल्लेख छ ।

 

नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *