०५ चैत २०८२ , बिहिबार

केन्याको वेस्टल्यान्ड क्षेत्रबाट २१ नेपालीको युवतीको उद्धार

साउन ५, काठमाडौँ । बिहीबार राती केन्याको वेस्टल्यान्ड क्षेत्रस्थित रात्री क्लबबाट स्थानीय प्रहरीले २१ नेपाली युवतीलाई उद्धार गरेको छ । ती युवतीलाई विभिन्न समयमा मानव तस्करले अफ्रिकी मुलुक केन्या र्पुयाएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

 

केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो ।

 

‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने ।

 

अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । ‘२१ नेपाली युवतीलाई मानवतस्करले केन्या ल्याएका हुन्’, प्रहरीको ट्वीटर ह्याण्डलमा उल्लेख छ, ‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’

 

यसैगरी डान्सबारमा नर्तकी र यौनकर्म गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक काठमाडौंसम्म आउने गरेको तथ्य समेत खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *