०५ बैशाख २०८३ , शनिबार

चीनसँग भयो सीमा विवाद

साउन ७, काठमाडौँ । दोलखाको सिमाना र सगरमाथाको उचाईमा चीनसँग नेपालको विवाद भएको छ ।

 

चीनले दोलखामा करिब ९ बिघा नेपाली जमिन आफ्नो भएको दाबी गरेको छ तर नेपालले भने अस्वीकार गर्दै आएको छ ।

 

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्चा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान नभएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो समय फेला नपरेको सो सीमा चिह्न नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा ०६२ सालमा भेटिएको थियो ।

 

त्यसैगरी चीनले सगरमाथाको उचाइ तीन दशमलब १६ मिटर घटी हुनुपर्ने दाबी गरेको छ भने नेपालले साविक उचाइ ८ हजार ८ सय ४८ नै यथावत हुनुपर्ने दाबी गरेको छ ।

 

सीमाविदहरुका अनुसार चीनसँग १९६१ मा सीमांकन भएको थियो १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि बाउन्ड्री प्रोटोकल सन १९७९ र १९८८ मा नवीकरण भयो । त्यसयता नवीकरण भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *