साउन २१, काठमाडौँ । उपत्यकामा पाँच बर्षयता २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ ।
उपत्यका आसपसका वनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो ।
उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको जानकारी दिइएको समाचार अन्नपूर्ण पोष्टमा खबर छ ।








