१६ फागुन २०८२ , शनिबार

साहित्यकार एवम् वरिष्ठ सञ्चारकर्मी दाहाल यज्ञनिधिको उपचारका क्रममा निधन

साउन २६, काठमाडौँ । साहित्यकार एवम् सञ्चारकर्मी दाहाल यज्ञनिधिको शुक्रबार बेलुकी ६५ वर्षको उमेरमा निधन भएको छ । खोटाङको धारापानीमा २०१० सालमा जन्मिएका यज्ञनिधिको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवम् वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिको मस्तिष्काघातका कारण निधन भएको आफन्तजनले जानकारी दिएका छन् ।

 

पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदौ’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारिताका खरो स्वभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रुपमा लिइन्छ । झर्राेवादी शैलीका दाहालले लामो समय दरबार हाई स्कूलमा नेपाली विषयको शिक्षण पनि गरेका थिए ।

 

यस्तै उनको पार्थिव शरीर उनकै इच्छाअनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जलाई दान दिइने भएको साहित्यकार रमेश शुभेच्छुले आफ्नो फेसबुकमा बताएका छन् । ‘ दाहालज्यूको इच्छाअनुसार उहाँको पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दान गरिने भएको छ’ शुभेच्छुले फेसबुकमा लेखेका छन्, ‘प्राविधिक रुपमा घरमा लान नमिल्ने भए शनिबार बिहान ७ बजे अस्पतालमै अन्तिम श्रद्धाञ्जलि अर्पण गरी शिक्षण अस्पताललाई दान गरिने निर्णय गरिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *