०८ बैशाख २०८३ , मङ्गलबार

इबोलाका कारण कंगोमा ३७ को मृत्यु

साउन २६, काठमाडौँ । इबोलाका कारण कंगोको पूर्वी क्षेत्रमा ३७ जनाको ज्यान गएको छ ।

स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी १० जनाको इबोला भाइरसका कारण मृत्यु भएको पुष्टि भएपछि अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको हो ।

 

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ विरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् ।

 

सन् १९७६ देखि कंगोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टि भएको थियो ।

 

अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *