
काठमाडौ- भक्तपुरको चागुनारायण नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका सोम मिश्र विजयी भएका छन् । मिश्र ८ हजार ५ सय १२ मत ल्याएर नगरप्रमुख बनेका हुन् । उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकै बिना बास्तोला विजयी भएकी छन् । उनले ८ हजार ७ सय ८९ मत ल्याएकी छन् ।








