०४ चैत २०८२ , बुधबार

ऐजेण्डा स्थापित गर्न मधेसी नेताहरु दुतावासतिर

काठमाडौं १६ जेठ– स्थानीय तह दोस्रो चरणको चुनाव नजिकिदै जाँदा मधेसवादी नेताहरु आफ्नो राजनीतिक ऐजेण्डा स्थापित गर्न निकै दौडधुप गरिरहेका छन् । राष्ट्रिय जनता पार्टीका नेताहरु यही क्रममा भारतीय दूतावास धाएका छन् । उनीहरुले मंगलवार बिहान राजदूत मुञ्जिभ सिंह पुरीलाई भेटेर संविधान संसोधन नभएसम्म चुनावमा भाग लिन नसक्ने धारणा राख्दै एजेण्डा प्राप्तिको लागि संघर्षको विकल्प नभएको बताए । राजदूत पुरीले भने  संघर्ष छोडेर चुनावमै केन्द्रित हुन आग्रह  गरेको स्रोतले बताएको छ । भारतीय दूतावासमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *