०४ चैत २०८२ , बुधबार

चुनाव सार्न एमालेको सहमति छैन– ओली

काठमाडौं  १६  जेठ– पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार ९ गते चुनाव सार्ने निर्णयमा आफ्नो पार्टीको सहमति नभएको बताएका छन् । ‘दोस्रो चरणको चुनाव एमालेको समर्थनमा सारिएको हो भन्ने हल्ला चलाइएको छ, त्यो गलत हो’ पूर्व प्रधानमन्त्री ओलीले मंगलवार एमाले काठमाडौद्धारा आयोजित विजयी सभालाई सम्बोधन गर्दै  भने, ‘प्रधानमन्त्री प्रचण्डले एउटा जोतिषले चुनाव असार ९ गते गर्न ठिक हुन्छ भनेकै भरमा  सरकारले त्यो मितिमा गर्ने निर्णय गरेको हो ।’ ओलीले मुस्लिम धर्मावलम्बीहरुको पर्व वर्षात्को बेवास्ता गरेर चुनाव सारिएको बताए । ‘हामीले पहिल्यै देखि जेठ ३१ मा नराखौ मुश्लिम समुदायको अपमान हुन्छ भनेका थियौ तरसरकारले सुनेनन्’ उनले भने– अहिले त्यहाँबाट पनि धकेल्दै मध्ये असारमा  पु-याइएको छ । वर्षातमा भोट हाल्न जान र मतपत्रको सुरक्षा गर्न गाह्रो हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *