काठमाडौ १६ जेठ – कतै तपाई जथाभावी रुपमा बाटो काटि रहुन भएको त छैन ? अब होस् गर्नुस है, जरिवानामा पर्नु होला । जथाभावी बाटो काट्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले आकाशेपुल र जेब्राक्रसिङ बाहेक अन्य स्थानबाट सडक पार्ने गर्ने पैदल यात्रुलाई २ सय रुपैयाँ जरिवाना हुने जनाएको छ ।विभागका अनुसार उक्त नियम मंगलवारदेखि लागू भइसकेको छ । ‘नियम आजैदेखि कडाइका साथ लागू भइरहेको छ’ विभागका उपमहानिर्देशक बसन्त अधिकारीले भने – ‘अबदेखि आकाशेपुल र जेव्रा क्रसिड बाहेक अन्य स्थानबाट बाटो काटेर जरिवाना र थुनामा पर्नबाट जोगिन सबै यात्रुलाई अनुरोध गर्दछु ।’ विभागका अनुसार त्यसरी बाटो काट्ने यात्रुलाई ट्राफिक प्रहरीले कारवाही गर्ने छन् । त्यसको लागि ट्राफिक प्रहरीले अन्य सुरक्षाकर्मीको समेत सहायता लिन सक्नेछन् ।








