काठमाडौ, १७ जेठ– सरकारले स्थानीय तहको दोस्रो निर्वाचन फेरि सारेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन असार ९ गतेबाट सारेर १४ गते पु¥याएको छ ।
सरकारले मुस्लिम समुदायको चाड रमदानको कारण देखाउँदै निर्वाचनलाई वर्षात्को हिलोमा पु¥याएको हो । सरकारले मधेसवादी दललाई पनि चुुनावमा सहभागी गराउन मनोनयनका लागि समय थप्ने उद्धेष्यले चुनावको तिथि सारेको बताएको छ। स्थानीय तहको कुल ७ सय ४४ मध्य पहिलो चरणमा २ सय ८३ स्थानमा पहिलो चरणमा चुनाव भैसकेको छ । दोस्रो चरणमा प्रदेश नं १, २, ५ र ७ मा गरी ४६१ स्थानमा चुनाव हुन बाँकी छ ।








