
काठमाडौ १६ जेठ – निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको चुनावी कार्यतालिका बुधवार सार्वजनिक गरेको छ । नयाँ कार्यतालिका अनुसार असार २ गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असार ५ मा गरिने छ । उम्मेदवारले असार १२ गते रातीसम्म प्रचारप्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान असार १४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म गर्न पाइने व्यवस्था छ । आयोगले पहिला सार्वजनिक गरेको तालिका हेरफेर गरेर नयाँ तालिका निकालेको हो । यसअघि जेठ १९ मा उम्मेदवारी दर्ता र ३१ मा मतदान तोकिएको थियो ।








